सरकारलाई कांग्रेसले सहयोग गर्ने

0

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आफ्नो पार्टीले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार गरिएको दिवाभोज एवम् धन्यवाद आदान–प्रदान कार्यक्रममा कांग्रेस सभापति कोइरालाले मधेसको समस्या छिटोभन्दा छिटो समाधान गर्न र भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरे ।
उनले पुनर्निर्माणको काम हुन नसक्दा पर्यटनलगाएत धेरै क्षेत्रमा प्रभावित भएको भन्दै सरकारले यसतर्फ विशेष चासो दिनुपर्ने बताए । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका कोइरालाले सरकारको आगामी कार्यकाल सफल होस् भन्ने कामना पनि व्यक्त गरे ।
कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नवनिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई राष्ट्रिय जिम्मेवारी पुरा गर्न इमान्दारीपूर्वक अघि बढ्न सुझाव दिए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदा जतिसुकै विवाद हुँदा पनि सवै दल एक भएर नेपालले विश्वसामू राम्रो छवि बनाउन सफल भएको दावी गरे ।
उनले असन्तुष्ट मधेशवादी दल पनि छिटै सहमतिमा आउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न दलका नेता सहभागि थिए ।

Leave A Reply

Your email address will not be published.