राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबिच सहमति भएको हो : प्रवक्ता डा. महत

0

काठमाडौँ \ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच सहमति भएको दाबी गरेका छन् । मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका लागि सहमति भएको उनले दाबी गरेका हुन् ।

उनले पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको महतले बताए ।

‘राजनीतिक स्थायित्वको लागि मुख्य राजनीतिक दल कांग्रेस र एमालेबिच सहमति भएको  हो । यसलाई सहमतिको सरकार बनाउन ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भएको छ । यसैलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दललाई समेट्ने प्रयास गर्नेछौँ । यसले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितका पक्षमा सहमति भएको छ ’, महतले भने ।

यस्तै उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको समाचारमा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।
Leave A Reply

Your email address will not be published.