साविक विजेता इङ्गल्यान्ड दक्षिण अफ्रिकासँग ७ रनले पराजित

0

आईसीसी टी–२० विश्वकप क्रिकेटमा ‘सुपर–आठ’ को आफ्नाे दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई ७ रनले हराएको छ ।

सेन्ट लुसियामा ड्यारेन सामी क्रिकेट मैदानमा गए राति भएको ‘समूह–२’ काे खेलमा साविक उपाधि विजेता इङ्गल्यान्ड ७ रनले पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन मात्रै बनाउन सक्यो । इङ्गल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ५३ रन बनाए । दक्षिण अफ्रिकाका कागिसाे रबाडा र केशव महाराजले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ६५ रन बनाए । यस्तै डेभिड मिलरले ४३ रन जोडे । इङ्गल्यान्डका जोफ्रा आर्चरले ३ तथा मोइन अली र अदिल रसिदले समान १ विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले र इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।

Leave A Reply

Your email address will not be published.