सहमतिमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड

0

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)का शीर्ष नेताबीच आज भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा एमाओवादीका अध्यक्ष दाहाल र काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो । दुई पार्टीबीच राष्ट्रपति निर्वाचनलगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभयो । सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा एमाओवादीले जोड दिएको अवस्थामा दुई पार्टीबीच छलफल भएको हो । छलफलमा कुनै पनि ठोस निर्णय भने हुन नसकेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.