बागमतीमा माओवादी नै सरकारको निर्णयविरूद्व उत्रियो, बजेट भाषण सारियो

0

हेटौंडा \  बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु हुन लाग्दा प्रदेशसभा अगाडि प्रदर्शन भएको छ । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ विज्ञन प्रतिष्ठानमा गाभ्ने प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका ११ वटा राजनीतिक दलले प्रदर्शन गरेका हुन् ।

सरकारको निर्णयविरुद्ध सत्तारुढ माओवादी केन्द्रसहित एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा, राप्रपा नेपाल, नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीेले विरोध गरेका हुन् ।

सरकारले हिजो शुक्रबार अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गरेको थियो । प्रदर्शनपछि आज ४ बजेको लागि तय भएको बजेट भाषण साँझ ६ बजेको लागि सरेको छ ।

Leave A Reply

Your email address will not be published.