इन्धन आयात विषयमा छलफल गर्न चीन प्रस्थान

0

काठमाडौँ, ९ कात्तिक । चीनबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा द्विपक्षीय कुराकानी गर्न उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुकभर इन्धनको चरम सङ्कट भएपछि वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ टोली चीन गएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले चीनका उच्च अधिकारीसँग इन्धन आयातका विषयमा कुराकानी गर्नेछ ।
चीनमा रहँदा प्रतिनिधिमण्डलले नेपाललाई रेको समस्या समाधान गर्ने विकल्प के हुन सक्छ भनेर छलफल गर्ने निगमका प्रवक्ता दीपक बरालले राससलाई जानकारी दिनुभयो । चीनले अनुदानस्वरुप करिब १३ लाख लि इन्धन नेपाललाई उपलब्ध गराउने घोषणा गरेलगत्तै नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ लागेको हो । नेपाललाई दैनिक ३५० ट्याङ्कर इन्धन आवश्यक पर्ने भए पनि एकाध ट्याङ्कर मात्र इन्धन भित्रिएको छ ।
त्यहाँ रहँदा नेपाली प्रतिनिधिमण्डलले चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने विषयमा कुराकानी गर्ने बताइएको छ । नेपालले पेट्रोलियम पदार्थ आयात गर्दा कुन स्थानबाट उठाउने र मूल्य के कति पर्ने भन्ने विषयमा समेत द्विपक्षीय कुराकानी गर्ने बताइएको छ ।
टोलीमा अर्याल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, परराष्ट्र मन्त्रालयका सहसचिव भविन्द्र, चीनका लागि नेपाली राजदूत महेशमान मास्के, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, निर्देशक सुशील भट्टराई र नापतौल तथा गुणस्तर विभागका महाप्रबन्धक विश्वबाबु पुडासैनी हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.