टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दै

0

टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

यसअघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बङग्लादेशले श्रीलङ्कालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

समुह डीबाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनवटै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलङ्काले ३ खेलमा २ हार र एक नेपालसँगको खेल वर्षाले रद्द भएपछि एक अङ्क हासिल गरेको छ । श्रीलङ्काको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

Leave A Reply

Your email address will not be published.