प्रधानमन्त्री प्रचण्ड भारत भम्रणमा जाँदै, भ्रमण टोलीमा पाँच जना मात्रै

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन भोलि नयाँ दिल्ली जानुहुनेभएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने र पर्सि फर्किने जनाएाको छ ।

प्रधानमन्त्रीको साथमा उहाँकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र शिष्टाचार महापाल गरी पाँच जना भारत जाने परराष्ट्रले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्डसहितका विशिष्ट व्यक्ति नयाँ दिल्ली आउने जनाएको छ । श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि मोदीको सपथग्रहण समारोहमा भाग लिने आउने विज्ञप्तीमा उल्लेख छ ।

भोलि मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागि हुनेछन् । प्रधानमन्त्री प्रचण्ड पर्सि स्वदेश फर्किनुहुनेछ ।

Leave A Reply

Your email address will not be published.