चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक

0

काठमाडौँ \ लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । मलिका महतको शीर्ष भूमिका रहेको चलचित्रको टिजरले चलचित्रको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू झल्काएको छ ।

चलचित्रले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको सिकार बनाउन कथा उठाएको छ । चलचित्रमार्फत निर्देशक सुवेदीले छोरीको अस्वीकार गर्ने पितृसत्तात्मक सोचलाई थुप्रै प्रश्न गरेका छन् । टिजरले पनि ति कुरो झल्काएको छ ।

चलचित्रको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउन खोजेको कथा चलचित्रमा देख्न सकिन्छ । पछिल्लो समय महिलाको मुख्य भूमिका रहेको चलचित्र  बजार भित्रिन थालेको छ । ‘सतीदेवी’ नारीप्रधान विषयमा बनेको एउटा सशक्त चलचित्र भएको बताइन्छ ।

चलचित्रले दक्षिण एसियाली सौराहा चलचित्र फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण चलचित्र फेस्टिभलमा अवार्ड जितेको छ । यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको यो तेस्रो चलचित्र हो ।

चलचित्रमा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो चलचित्रलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । चलचित्रको पटकथा र गीत पनि सुवेदीकै छ । चलचित्रको रिलिज मिति साउन ४ तोकिएको छ ।

चलचित्रमा नारीको कथा राम्रोसँग बुनिएको भएकोले दर्शकलाई रुहाउने निर्देशक सुवेदीले बताए । ‘नारी कथाका केही चलचित्र पहिले पनि आए । केही आउने तयारीमा पनि छन्’, सुवेदीले भने ‘‘सतीदेवी’ जस्तो कथामा चलचित्र बनेकै छैन ।’ चलचित्रले दर्शकलाई रुहाउने उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.