टी–२० विश्वकपमा आज राति अमेरिका र पाकिस्तान खेल्दै

0

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति अमेरिका र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ को यो खेल अमेरिकाको डालासमा रहेको ग्रान्ड पेरी स्टेडियममा राति सवा ९ बजे शुरु हुनेछ ।

अमेरिका र पाकिस्तानले एकअर्कासँग अहिलेसम्म कुनै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलकाे छैनन् । आजकाे खेल यी दुई टाेलीबीचकाे पहिलाे भेट हुनेछ ।

प्रतियोगितामा अमेरिकाले दोस्रो र पाकिस्तानले पहिलो खेल खेल्न लागेका हुन् । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । अमेरिका २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

टी–२० विश्वकपमा आज बिहान भएका खेलमा अस्ट्रेलियाले ओमानलाई र युगान्डाले पपुवा न्यु गिनीलाई हराएको छ ।

Leave A Reply

Your email address will not be published.