दार्चुलाको तिङ्कर नाका असार ११ देखि सञ्चालनमा आउने

0

चीनको तिब्बतसँग जोडिएको दार्चुलाको तिङ्कर नाका आउँदो असार ११ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

तिब्बत बुराङकाउन्टीका जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग आज भएको दुईपक्षीय छलफलमा असार ११ गतेदेखि नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने सहमति भएको हाे ।

सुरक्षा निकायका प्रमुखहरूले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल वीच्याटबाट नाका सञ्चालन गर्ने विषयमा छलफल गरेका हुन् । कोरोना महामारीका कारण २०७६ सालपछि यो नाका बन्द छ ।

Leave A Reply

Your email address will not be published.