रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

0

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् ।

१७ गते नै रथलाई जावलाखेलमा पुर्‍याउन सकेमा साउन २० गते भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

यसैबीच रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा हिजो भएकोे छ । कलदेवीको पूजा गरिने दिनमा नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने चलन अनुसार हिजो साइत हेरिएको हो । यसवर्ष बैशाख २९ गते रथ तानेर रातो मच्छिन्द्रनाथको रथजात्रा शुुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.