प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश

0

हेटौँडा \  बागमती प्रदेशका प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश गरिएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक बिन्दु बिष्टले नेपालको संविधानको धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम महालेखा परीक्षकको प्रतिवेदन पेश गर्नुभएको हो ।

महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी तयार गरिएको बागमती प्रदेशको “छैटौं वार्षिक प्रतिवेदन, २०८१” प्रदेश प्रमुखलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.