जर्मनीमा नेपाल डे, नेपाल जर्मन सम्बन्ध र सहयोग बारे चर्चा,

0

जर्मनीमा नेपाल डे (नेपाल दिवस) सम्पन्न भएकोछ । जर्मनीको कोलोन शहरमा जर्मन नेपाल मैत्री संघले आयोजना गरेको ३५ औं नेपाल डे समारोहमा नेपालको पर्यटन प्रबर्धन, सांस्कृतिक आदान प्रदान र पूर्वाधार विकासका बिषयमा छलफल भयो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मन नेपाल मैत्री संघको आयोजना प्रत्येक वर्ष हुने नेपाल डेले नेपाल र जर्मनीबीचमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनहरुको बारेमा सूचना आदानप्रदान हुनुका साथै नेपाल र जर्मनीबीचको व्यापार, पर्यटन र संस्कृति लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवम संघका अध्यक्ष रामप्रताप थापाले नेपाल डे कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध बलियो बनाएकोछ, वितग ३५ वर्षदेखि निरन्तर जर्मनीमा मनाउदै आएको कार्यक्रमलाई सुरुका दिनदेखि सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा नेपाल डे लाई थप परिस्कृत गर्दै लैजाने जानकारी दिए ।

नेपालका लागि जर्मनी राजदुत डा.थोमस प्रिंसले लिखित शुभकामना सन्देश पठाउदै नेपाल डे कार्यक्रमले नेपाल जर्मनीबीचको सम्बन्धमा कोषेढुंगा भएको बताए । उनले जर्मनीले नेपालको बिभिन्न विकासमा सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य तथा विशेष सांस्कृति कार्यक्रमको प्रस्तुति गरिएको थियो । कार्यक्रममा सोनिया श्रेष्ठ, ज्योति ढुंगाना, कन्चन ढुंगाना लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए । योग प्रशिक्षक ओम शर्माले योग र ध्यानले महत्वको बारेमा बोल्दै योगाभ्यास गराएका थिए ।
कार्यक्रममा कोलन क्षेत्रका मेयर आन्द्रीयास वल्टर्स, प्रोफेशर गुण्टर नोगे, डा कार्लेश हेम्स क्रेमर, मार्टिन मडर, प्रल्हाद थापा, एनआरएनए संस्थापक सदस्य चिरन्जीबी ढकाल,दिल गुरुङ लगायतले नेपाल डे को सफलताको शुभकामना दिएका थिए ।

जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपाली तथा नेपाललाई माया गर्ने जर्मनहरुको कार्यपत्र प्रस्तुत गरेका थिए

Leave A Reply

Your email address will not be published.