मानसरोवर यात्राका कारण रसुवागढी नाकामा बढ्यो चहलपहल

0

रसुवा \ चीनमा रहेको धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाण्डौबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीकाअनुसार पछिल्लो समय दैनिक औसत ४० जना यात्रु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेका छन् । नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लागि रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाण्डौबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु पुग्ने गरेका हुन् । पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन ।

Leave A Reply

Your email address will not be published.