बत्तिसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

0

काठमाडौं \ काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई  बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

उनका अनुसार घटना आपसी विवादकाे कारण हुन सक्छ ।   घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

Leave A Reply

Your email address will not be published.