रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ : कांग्रेस

0

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रवि लामिछाने व्यक्ति मात्र नभई देशको गृहमन्त्रीसमेत रहेकाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको बताउनुभएको छ ।

पार्टी संसदीय कार्यालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै प्रमुख सचेतक लेखकले सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता देखिएको र उहाँ गृहमन्त्रीसमेत रहेकाले संसदीय छानबिन समितिको माग गरेको बताउनुभयो । उहाँले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गर्नेगरी समिति गठन हुनुपर्ने बताउनुभयो ।

कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै नभएर समग्रतामा छानबिन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन, देशको गृहमन्त्री व्यक्ति मात्र होइन । त्यसैले सहकारी ठगी प्रकरणमा उहाँकाे संलग्नता देखिएकाले कांग्रेसले संसदीय छानबिन समितिकाे माग गरेकाे हाे ।’

यसैबीच कांग्रेस सचेतक रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विषयमा संवाद नभएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.