इलाम र बझाङको प्रारम्भिक मतपरिणाम : कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा

0

इलाम र बझाङमा हिजो भएको उपचुनावको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

इलाममा फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना सकिँदा कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६ सय ५८ मत ल्याउनुभएको छ । यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय ३० मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३० र चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ३ सय ८ मत प्राप्त गर्नुभएको छ ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम–२ मा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यति बेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।

यस्तै प्रदेश सभा अन्तर्गत बझाङ–१ (क) को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १ हजार ५ सय ९३ सय मतसहित अग्रता लिइरहनुभएकाे छ । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ९ सय ९८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ सय ५५, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५ सय ९५ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोर खड्काले ३४ मत प्राप्त गर्नुभएकाे छ ।

Leave A Reply

Your email address will not be published.