संविधान र व्यवस्था विरुद्ध प्रतिगामी शक्ति सक्रिय भएः अध्यक्ष नेपाल

0
हेटौंडा \ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पछिल्लो समय व्यवस्था र संविधान विरुद्ध प्रतिगामी शक्ति सक्रिय भइरहेको बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजितक एकीकृत समाजवादी पार्टी मकवानपुरको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान व्यवस्था र संविधान माथि नै चुनौति दिन प्रतिगामी शक्ति सक्रिय भएको बताउनुभएको हो । उहाँले पछिल्ला समयमा लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयता माथी चुनौति आउन थालेको बताउनुभयो ।
‘व्यवस्था र संविधानका विरुद्ध प्रतिगामी शक्तिहरु सक्रिय भएर लागिरेहका छन् । अहिलेको लोकतन्त्र, संविधान माथि नै चुनौति थपिएको छ । हामीले जनताको रगत पसिनासंग साटेर ल्याएको गणतन्त्र र संघीयता नै रहने हो की होइन भन्ने चुनौति रहेको छ । राष्ट्रियता माथी चुनौति आउने सम्भावना छ ।’ उहाँले भन्नुभयो ।
वर्तमान व्यवस्था र संविधान जोगाउन संघीयतावादी सबै शक्ति एकतावद्द हुन जरुरी रहेको उहाँले औल्याउनु भयो । राजनीतिलाई लुट र ठगिधन्दा बनाउनु अपराध भएको उहाँको भनाई छ ।
‘जनताको सेवा राजनितीको सिद्धान्त हो । राजनीति ठगि र लुटतन्त्रको नाम राजनीति होइन । राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन । भ्रष्टाचार रहित रहेर इमानदारीता र जनताको सेवालाई राजनीतिको मुख्य मिसन हुनपर्छ ।’ अध्यक्ष नेपालले भन्नुभयो ।
नेतृत्वमा अहंकार पलाउँदा विधि विधान र सिद्धान्त मेटाउन थाल्ने उहाँले बताउनुभयो । नेतृत्व गलत हुँदा राजनीतिक आन्दोलनलाई धक्का पुग्ने उहाँले बताउनुभयो । एकीकृत समाजवादी सरकार फेरबदल केन्द्रीत नरेहको र जनताको पक्षमा काम गर्ने बलियो र दीर्घकालीन सरकार निर्माण गरेर आर्थिक सामाजिक विकासका काम गर्न नेतृत्वकर्तालाई खबरदारी गरिरहेको उहाँको भनाई छ । एकीकृत समाजवादी देश बनाउने विषयमा केन्द्रीत रहेको उनको भनाई छ ।
उहाँका अनुसार एकीकृत समाजवादी असल समाज र कार्यकर्ता निर्माण गरि समृद्धको यात्रा तय गर्न चाहेको छ । पार्टीको दशौं महाधिवेशनमा एकीकृत समाजवादीले नेपाली समाज, राजनीति र विकासको वाधक पहिचान गर्न खोजिरहेको अध्यक्ष नेपालले बताउँनुभयो ।
Leave A Reply

Your email address will not be published.