शुभकामना दिन एनआरएन टोली बालुवाटारमा

0

काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई आज शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री ओलीले गरिब जनताका लागि आएको रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाउनुभयो ।
नेपाली जनतालाई राहतको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो–“जनताको घर, विद्यालय भत्किएको छ, त्यसैले उनीहरुलाई सहुलियत र सहयोगको आवश्यकता छ ।” उहाँले पुनःनिर्माणमा सहयोग गर्ने सहयोगको प्रतिबद्धता जनाउने राष्ट्र तथा दातृ निकायलाई पुनःनिर्माण कार्य पारदर्शी हुनेमा आश्वस्त पार्नुभयो ।
प्रधानमन्त्री ओलीले हाल मुलुकको आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने अपेक्षा गर्दै अहिलेसम्म पा्रप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब सबै मिलेर मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा एनआरएनएका पुनःनिर्वाचित अध्यक्ष शेष घले नेतृत्वको पदाधिकारी तथा सदस्यले नेपालको पुनःनिर्माण र आर्थिक विकासमा सहयोग पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.