उपप्रधानमन्त्री थापा दिल्लीमा राजनीतिक भेटवार्ता गर्दै

0

काठमाडौं, १ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीको मारमा परेको नेपालको समस्याको समाधान खोज्न भारत गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज (आइतबार) भारतीय पक्षसँग भेटवार्ता गर्दैछन् । नयाँदिल्लीमा मन्त्री थापाले उनकी समकक्षी भारतीय विदेश मन्त्री सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गर्दैछन् । स्वराजसँगको भेटमा मन्त्री थापाले भारतीय नाकाबन्दीले नेपालमा पारेको असरबारे छलफल गर्नेछन् ।
नेपाल–भारतको सीमामा भारतले गरेको नाकाबन्दीबाट आम नेपालीले भोग्नु परेको कष्टबारे अवगत गराउँदै उनले नाकाबन्दी खुलाउन पहल गरिदिन भारतसमक्ष नेपालको सरोकार पेश गर्ने बताइएको छ । भारतीय विदेशमन्त्री स्वराजको निमन्त्रणामा तीन दिने भ्रमणका लागि दिल्ली उड्नुअघि मन्त्री थापाले सीमा अवरोध हटाएर चाँडै आपूर्ति व्यवस्था सहज गर्न आफूले पहल गर्ने बताएका थिए । उनको साथमा परराष्ट्र र आपूर्ति मन्त्रालयका सचिव पनि भारत गएका छन् । तराई मधेशमा भएको आन्दोलनलाई देखाउँदै झण्डै एक महिनादेखि भारतले अघोषित नाकाबन्दी गर्दा नेपाली जनताको जनजीवन कष्टकर बनेको छ ।

Leave A Reply

Your email address will not be published.