तीन भारतीय लुटेरा पक्राउ

0

काठमाडौं, ३० असोज । चार लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले अभियुक्तहरुलाई प्रक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । गत साउन २२ गते दिउँसो काठमाडौंको भूगोलपार्कस्थित नेपाल बैंक लिमिटेडमा सुनको कर्जा बुझाउन आएका काठमाडौं चावहिलका चेतनाथ पराजुलीको साथमा रहेको रकम ब्लेडले काटेर निकालेको आरोप प्रहरीले लगाएको छ ।
बैंकको सिसिटिभीको फुटेजका आधारमा घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारीका ५८ वर्षीय जावेद अहमद, ४५ वर्षीय राजु मिश्र र ६५ वर्षीय अम्बिका साह रहेका छन् । उनीहरुलाई न्यूरोडस्थित एसबीआई बैंकभित्र चोरी गर्ने क्रममा रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्का एक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.