नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : महामन्त्री थापा

0

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गर्नुभएको छ । आज काठमाण्डाैमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छट्टुहरु हाबी भएको बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले देशमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोपसमेत लगाउनुभयो । उहाँले देशलाई छट्टुभन्दा पनि गति र मति दुबै भएको नेता जरुरी रहेको बताउनुभयो । झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.