अन्तर्राष्ट्रिय पर्वत समाजले वेल्जियममा डिनर तथा च्यारिटि कार्यक्रम गर्ने,

0

अन्तररास्ट्रिय पर्बत समाजले यही जुन महिनाको २४ तारिख बेल्जियममा च्यारिटी डिनर सहित साँस्कृतिक कार्यक्रम गर्ने भएकोछ ।

समाजका महासचिब प्रकाश पौडेलका अनुसार समाजले नेपालमा संचलान गर्ने परोपकारी परीयोजनामा सहयोग गर्न कोष संकलन होस र विश्वभरि छरिएर रहेका पर्बतेली दाजुभाई दिदिबहिनीहरु सँग भलाकुसारी होस भनेर बेल्जियममा रात्रीभोज आयोजना गरिएको हो ।

मनोरंजनात्मक साँस्कृतिक कार्यक्रम सहित हुने रात्रीभोजमा युरोप लगायत अन्य बिभिन्न देशमा बसोबास गर्ने पर्बतेलीहरुको उपस्थिती रहनेछ ।

अन्तरराष्ट्रिय पर्बत् समाजका अध्यक्ष गुणराज पौडेलले यस परोपकारी कार्यक्रमलाई सहयोगका लागि उक्त समयमा अन्य कार्यक्रम नजुधाइदिन बेल्जियमका संघ संस्थाहरुलाई बिशेष अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.