‘आगामी बजेट समाजवाद उन्मुख’

0

काठमाडौँ \  अर्थमन्त्री वर्षमान पुनले आर्थिक अवस्था शिथिल भए पनि ठूलो मन्दी वा सङ्कटमा नरहेको बताउनुभएको छ । बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कोभिड–१९ पछिको आर्थिक अवस्था सकारात्मक भएर पनि अपेक्षित भने हुन नसकेको बताउनुभयो । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन व्यवस्था संशोधन गरेर यो पटक सिद्धान्त र प्राथमिकताको छलफल बजेट पेसको तीन महिनाअघि नै सम्पन्न गरेको हो । 

अर्थमन्त्री पुनले प्राथमिकतामा रहेर नीति तथा कार्यक्रम र त्यसलाई बोक्ने गरी बजेट तयार पारिने बताउनुभयो । उहाँले अघिल्लो सरकारले लिएका राम्रा कामलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । उहाँले सिद्धान्त र प्राथमिकता अनुसार नीति कार्यक्रम तथा बजेट ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा यसअघि जस्तो प्रश्न उठ्न नदिने बताउनुभयो । “विगतमा व्यङ्ग्य भयो, हामी लज्जित भयौँ । प्रधानमन्त्रीको नीति कार्यक्रम अर्थमन्त्रीको बजेट र प्रमुख प्रतिपक्षको मौद्रिक नीति पनि भनियो । हामी यस्तो हुन दिँदैनौँ । मौद्रिक र वित्त नीति एउटै हुने छ । बजेटका प्राथमिकतालाई बजेटले बोक्ने छ । नीति कार्यक्रमलाई बजेटले बोक्ने छ । यो ढङ्गले एकीकृत रूपमा हामी जाने छौँ,” उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.