एन आर एनए मा पुन शेस घले

0

चारदिशा, काठमान्डौ

गैर आबासिय नेपाली संघको आज सम्पन निर्वाचनमा शेस घले दोश्रो कार्यकालका लागि पुन निर्बाचित भएका छन । उनले प्रतिद्वन्दी टिबि कार्की को भन्दा करिब ६०० बढी मत प्राप्त गरेका छ । जमा खसेको 1110 मतमा घलेले 867 र कार्की 276 मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा भबन् भट्ट र कुमार पन्त महासचिबमा बद्री केसी सचिबमा अर्जुन कुमार श्रेष्ठ र कोशाध्यक्षमा हिक्मत थापा बिजयी भएका छन ।

एसिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठ विजयी भएका छन् । अमेरिका संयाेजकमा सोनाम लामा र उपसंयोजकमा आङछिरि शेपा विजयी भए । मध्यपूर्व संयोजकमा डम्बरबहादुर क्षेत्री र उपसंयोजक धर्मराज गिरी र उमेश अधिकारी विजयी भए ।बराबरि मत पाएकाले उनीहरुकाे कार्यकाल क्रमश: एकएक वर्षकाे रहने छ ।

यूरोप संयाेजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए भने उपसंयाेजकमा दावा गाल्जे शेर्पा र प्रेमबहादुर गुरुङ विजयी । ओसनिया संयोजकमा महेन्द्रकुमार लम्साल र उपसंयोजकमा रमेश जोशी विजयी । अफ्रिका संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भए भने उपसंयोजकमा कुनै उम्मेदवारी नै परेन ।

यस्तै, युवा संयोजकमा विजय पोखरेल विजयी भए भने उपसंयोजक लोकराज शर्मा निर्विरोध निर्वाचित भए । महिला संयोजक सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान विजयी भएका छन  ।

Leave A Reply

Your email address will not be published.