महरालाई उपप्रधान र गृहमन्त्रालय, घर्ती सभामुख

0

काठमाडौँ, २८ असोज । एकीकृत नेकपा (माओवादी) ले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सभामुखमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काका अनुसार एमाओवादीले पाएका मन्त्रीको चयन गर्ने जिम्मा भने बैठकले अध्यक्ष दाहाललाई नै दिएको छ । बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्रालयको जिम्मा महासचिव कृष्णबहादुर महरालाई दिने विषयमा छलफल भएपनि अन्तिम निर्णय भने भइसकेको छैन । यस्तै, पार्टी सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, स्थायी समिति सदस्यहरु अग्निप्रसाद सापकोटा, शक्ति बस्नेतलगायत नेता पनि मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।
यसअघि एमाओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.