एघार बुदे निर्णय गर्दै प्रबासी नेपाली मंच युरोपको बिस्तारित बैठक सम्पन्न,

0

नेकपा एमाले सम्बद्ध प्रबासी नेपाली मंच युरोप समितिको स्पेनको राजधानी बार्सिलोनामा भएको बिस्तारित बैठक ११ बुदे निर्णय गर्दै सम्पन्न भएकोछ । नेकपा एमाले स्थायी समिति सदस्य एबम प्रबास इंचार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकमा युरोप महादेशका १७ देशका १२१ जना प्रतिनिधिहरुको भाग लिएका थिए ।

दुई दिन सम्म चलेको बैठकले माल्टा,रोमानिया, क्रोयसिया लगायत नेपालीहरुको बाक्लो बसोबास भएका देशमा नेपाली कुटनितिक नियोगको स्थापना, एनआरएन नागरिकता प्राप्तिमा सहजिकरण, यसको उपयोग र अधिकार प्रयोगमा प्रष्ट ब्यबस्था, प्रबासबाट मतदानको ब्यबस्था, युरोपमा श्रम स्विक्रितिको व्याबहारिक मापदंड र मानबतस्करी नियन्त्रणका लागि सरकारी संयन्त्रको परिचालन गर्न नेपाल सरकार सँग माग गरेकोछ ।

साथै युरोपका सबै देशमा संगठन बिस्तारका लागि ” जहाँ नेपाली त्यंहा प्रबासी नेपाली मंच” अभियान चलाऊने,सदस्यता ब्रिद्धि अभियान, युरोपमा अध्ययनरत बिद्यार्थी एबम श्रमिकहरु सँग संगठनको पहुच पुर्‍याउने, महिला एबम दोश्रो पुस्तालाई संगठनमा जोड्नका लागि महिला र युबा लक्षित कार्यक्रम गर्ने, ब्रिटिश गोर्खा आन्दोलनमा एक्यबद्धता र बिदेशी भुमिमा युद्ध लडेर ज्यान गुमाइरहेका नेपालीहरुको समस्या समाधानका लागि सरकारलाई दबाब दिने लगायतका निर्णयहरु पनि बैठकले गरेकोछ ।

बैठकमा संगठनका युरोप संयोजक मुक्त गुरुङको राजनीतिक प्रतिबेदन र सचिब शालिक थपलियाको सांगठनिक तथा प्रगति प्रतिबेदन सर्बसहमतिमा पारित भएकाछन ।

प्रबासमा हुर्की रहेका दोश्रो पुस्तालाई नेपालको राजनीतिक र सामाजिक अभियानका बारेमा बुझ्न् बुझाउन राखिएको ” युबा तथा विद्यार्थी सत्र ” मा युबाहरुले युरोपमा आर्जन गरेको ज्ञान र सीप “सम्ब्रिद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय लक्ष हासिल गर्न कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफल भएको थियो । युरोपमा हुर्केको दोश्रो पुस्ताका नेपालीहरुले पाउने अबसर सम्भाबना र चुनौतिका बारेमा अग्रजहरुको राय बुझ्ने र युबाहरुका भोगाइ र आकांक्षाका बारेमा बहस भएको थियो ।

युरोप महादेश कमिटीका संयोजक मुक्त गुरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले सञ्चालन गर्नुभएको बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, उपसचिव तथा संगठन विभाग उपप्रमुख कर्ण शाही, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्ले, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष रामशरण सिंखडा, सचिब डा नबराज रोस्यारा, पूर्वउपाध्यक्ष अर्जुन श्रेष्ठ लगायतका बक्ताहरुले मातृभूमिको आवश्यकता र प्रवासबाट खेल्नुपर्ने भूमिकाको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

स्पेनमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको युबा तथा विद्यार्थी सत्रमा पूजन तिमील्सिना, कुसल डुम्रे, बिजय तिमील्सिना,सविन गुरुङ, बिनोद लामा, आशिष क्षेत्री, डा मास्ना राई र ओमित पाइजा पुन लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको संचालन प्रबासी नेपाली मंच स्पेनका पूर्व महासचिब लक्ष्मण शर्माले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.