काठमाडौँ \ राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।