विपिन जोशीलाई खोजी तथा रिहाइ गरिदिन इजरायलसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

0

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विद्रोही हमासको आक्रमणकाक्रममा अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन इजरायलसँग आग्रह गर्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरसँग हिजो भएको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

इजरायलमा गएको असोज २० गते हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता हुनुहुन्छ । आक्रमण हुँदा साथमा रहेका नेपाली विद्यार्थीका अनुसार जोशीलाई हमास समूहले सँगै लगेको थियो ।

Leave A Reply

Your email address will not be published.