नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

0

काठमाडौँ \ त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

कुशल भुर्तेलले ५९ रन बनाए । सन्दीप जोराले पनि टोलीका लागि ५६ रनको योगदान गरे । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे ।
 गुलसन झाले टोलीको खातामा अविजित १५ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले १२ बलको सामना गरी एक छक्का पनि हिर्काए । लोकेश बमले १४ रन बटुले । विवेक यादबले पनि अविजित १९ रन बनाए । उनले केवल चार बलको सामना गरी तीन छक्का पनि हिर्काए ।
Leave A Reply

Your email address will not be published.