राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमवार उम्मेदवारी दर्ता हुने

0

राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने चुनाव पर्सि सोमवार उम्मेदवारी दर्ता हुने भएको छ। फागुन २९ गते मंगलवार हुने चुनावमा लागि २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो ।

उपाध्यक्ष अर्यालको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा अहिले उपाध्यक्षसहित पाँच जना सदस्य छन् । भोलि बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने संसद् सचिवालयले जनाएको छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको छ वर्षे पदावधि सम्पन्न भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रिय सभाले अध्यक्ष चयनको लागि चुनाव हुन लागेको हो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् । बाँकी एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुहुने छ ।

Leave A Reply

Your email address will not be published.