अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

0

काठमाडौँ \ नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो ।

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता  शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।

‘उहाँको अद्यावधि निवेदन दिनुभएको थियो । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो’, उनले भने ।

Leave A Reply

Your email address will not be published.