एआईले बनायो फडिन्द्र, जोएश र मुन्ना

0

प्रविधिको बढ्दो प्रयोगमा पछिल्लो समय आर्टिफेसियल इन्टिलेजेन्स (एआई) को लोकप्रियता बढ्दो छ। एआई प्रविधिमार्फत आफूलाई आवश्यक सामाग्री तयार गर्ने प्रचलन विश्वभर बढिरहेको सन्दर्भमा यसै प्रविधिमार्फत नेपाली फिल्मको क्यारेक्टर तयार गरिएको छ । ‘जात्रा’ मार्फत दर्शक माँझ प्रसिद्ध पात्र फडिन्द्र, जोएश र मुन्नालाई एआईलाई प्राप्त जानकारीको आधारमा तयार गरेको छ ।

सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको तस्बिरले फिल्मले देखिदै आएको क्यारेक्टरलाई फरक ढंगले प्रस्तुत गरेको छ । सुन र पैसाको मोहमा रहेका ती पात्रलाई डिजिटल रुपमा उपलब्ध जानकारी अनुसार एआईले तयार गरेको हो । जहाँ तीनैजना फिल्म भन्दा फरक देखिएका छन् ।

फिल्म प्रदर्शन पश्चात दर्शकमार्फत ‘वर्ड अफ माउथ’ बलियो सुनिएपछि फिल्मले समीक्षात्मक सफलता मात्र नभई व्यावसायिक सफलतासमेत प्राप्त गरिरहेको ‘जात्रा’ को नयाँ सिरिजको रुपममा तयार भएको ‘महाजात्रा’ लाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका छन् । षट्कोण आर्ट्सको निर्माण गरेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरिसकेका छन् । सोही कारण ‘महाजात्रा’ को भारतबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेका छ ।

 

लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । शृङ्खलाले दर्शकको विस्वास घट्न दिएका छैनन्, बढ्दो छ । नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ पाउँदैन किनकी त्यो अनुसारको बन्दैन । तर, निर्देशक भट्टराईकै लेखन रहेको फिल्मले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रस्ट्याए ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । ‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग अभिनेताको रुपमा जोडिएका छन् ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Leave A Reply

Your email address will not be published.