प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार यही १९ फागुन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

प्रधानमन्त्रीसँग बुधबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरले भेट गर्दै विशेष सम्बाेधनकाे टुंगाे लगाएका हुन्। भेटमा लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा प्रधानमन्त्रीको सम्बोधनका विषयमा छलफल भएको सभामुख मगरले जानकारी दिए।

प्रदेश सरकार र प्रदेश सभाको आग्रहमा प्रधानमन्त्री १९ फागुनमा देउखुरी आउँदै छन्। सोही दिन उनले प्रदेश सभालाई विशेष सम्बोधन गर्नेछन्।

बुधबारको भेटमा लुम्बिनीमा २८ र २९ फागुनमा हुन लागेको शिखर सम्मेलनको तयारीका विषयमा मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई जानाकारी गराएका थिए। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन यही १८ फागुनदेखि सुरु हुँदै छ।
Leave A Reply

Your email address will not be published.