भाग्दै गरेका दुई चोर पक्राउ

0

चितवन, २५ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले चोरी गरेर भाग्दै गरेका दुईजनालाई आज बिहान पक्राउ गरेको छ । बिहान करिब १ बजेको समयमा भरतपुरको बसपार्क क्षेत्रबाट रिक्सा चालकलाई धम्क्याई पैसा चोरेर भागेका भरतपुरका २३ वर्षीय प्रवीणकुमार श्रेष्ठ र स्थानीयवासी सुशील विकलाई पक्राउ गरिएको चिवतन प्रहरीले जनाएको छ ।
भरतपुर बसपार्क क्षेत्रमा रिक्सा चालकलाई धम्क्याई पैसा चोरेर भागेको जानकारी आएपछि राति नै खोजी अभियान थालिएको थियो । भरतपुरको बसपार्कमा सुरक्षामा खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु अहिले प्रहरीको हिरासतमा छन् ।

Leave A Reply

Your email address will not be published.