कोइरालाले आज बालुवाटार छाड्दै

0

काठमाडौँ, २५ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुहुने भएको छ । विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आउनुभएका कोइराला आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि बालुवाटार छाड्न लाग्नुभएको हो ।
सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको निवास महाराजगन्ज सर्नुहुने भएको उहाँको परिवारिक स्रोतले जनाएको छ । कोइराला प्रधानमन्त्री हुनु अगाडि महाराजगन्जस्थित एक घरमा भाडामा बस्दै आउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.