सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छः प्रदेश प्रमुख शर्मा

0

हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनु भएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शनिवार शुभकामना शुभकामना सन्देश जारी गर्नुहुदै तामाङ समुदायले मनाउँदै गरेकोे मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनु भएको छ ।

प्रदेश प्रमुख शर्माले यस पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुदै ‘विविधतामा एकता,सद्भाव र सामाजिक सहिष्णुता एवम आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस भन्ने कामना गर्दै यस सन्दर्भमा पुनःएक पटक शभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ ।

तामाङ समुदायले नयाँ वर्षको ?पमा माघ शुक्ल प्रतिपदाका दिन हर्षाल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै उहाँले हाम्रा सबै मौलिक पर्वह? राष्ट्रिय चाड भएको बताउनु भएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा तामाङ समुदाय पनि एक महत्वपूर्ण अङ्ग भएको उहाँको भनाई छ । ‘तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रितीरिवाज तथा परम्पराको सम्बर्धन एवम संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.