संघीय संसद्को नयाँ महासचिवमा पाण्डेय नियुक्त

0

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन्।

गत मंसिर २५ गते सिफारिस भएका पाण्डेय करिब दुई  महिनामा संसद्को महासचिव नियुक्त भएका हुन्। महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई सिफारिस गरिएको थियो।

संविधानको धारा १०६ को उपधारा १ बमोजिम पाण्डेयलाई प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए।

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ का पाण्डेय आज मंगलबारदेखि लागू हुने गरी पदमा नियुक्त भएका हुन्।

Leave A Reply

Your email address will not be published.