पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

0

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।

२०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि जलस्रोत राज्यमन्त्री बन्नुभएको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

२०७३ सालमा उहाँ सामान्य प्रशासनमन्त्री हुनुभएको थियो । उहाँको शवयात्रासहित आजै अन्त्येष्टि गर्ने तयारी छ । बुढाथोकीको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ।

Leave A Reply

Your email address will not be published.