नयाँबर्षको अबसरमा प्रबासी नेपाली मंच बेल्जियमको शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न ,

0

प्रबासी नेपाली मंच बेल्जियमले अग्रेजी नयाँ बर्षको अबसरमा शुभकामना आदान प्रदान सहित जलपान कार्यक्रम सम्पन्न गरेकोछ । आईतवार एन्तर्वेपेनमा आयोजित कार्यक्रम नेपाली राष्ट्रिय गीत बजाएर तथा सहिद सप्ताहको अबसर पनि भएकोले ज्ञात अज्ञात सहिदहरुको सम्झनामा मौनधारण गरेर सुरु गरिएको थियो ।

अतिथिहरुलाई संगठनका उपाध्यक्ष रमेश पौडेलले स्वागत गर्नु भएको थियो ।

अग्रेजी नयाँ बर्षको शुभकामना दिदै अतिथी बक्ताहरुले, बेल्जियमको नेपाली समुदायको हकहितका लागि सामुहिक कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने, भबिष्यको पुस्ताका लागि सांस्कृतिक जागरण र मात्रिभुमि सँगको सम्बन्धलाई निरन्तरता दिन योजना बनाउनु पर्ने, एनआरएनए जस्ता संस्थालाई सबैको बनाउन भूमिका खेल्नु पर्ने, सैधान्तिक फरकपनलाई आफ्नो ठाउँमा राखेर प्रबासको आवश्यकतालाई बुझेर राजनितिक संगठनहरुले काम गर्नु पर्ने लगायतका सुझाब दिएका थिए ।

नेपाली जन प्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल, मोर्चाका बेल्जियम अध्यक्ष मेख गुरुङ, संघीय समाजबादी फोरम बेल्जियमका अध्यक्ष नेत्र मगर, नेपाली जन प्रगतिशिल मंच बेल्जियमका उपाध्यक्ष निर्मला बजगाई, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, इन्टरन्यासनल कमिटिकी मिडवोर्कर ग्यालिन , डिस्ट्रीक्ट दुर्ने कि शेपेन कारेन, एनआरएनएका आइसिसी सदस्य हरि भट्टराई लगायतले कार्यक्रमको सफलताको कामना गर्दै नयाँबर्षको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी एबम नेकपा एमाले सम्बद्ध पेसागत महासंघका केन्द्रीय सदस्य गोमादेबी कटुवाल ढुंगानाले प्रबासमा रहेर पनि यहाँका नेपालीहरुले नेपाल प्रतिको माया कर्तब्य नभुलेकोमा खुशी ब्यक्त गर्दै नेपालको संबिधानले समाबेसि समानुपातिक पद्धतिको ग्यारेंटी गरेकोछ भन्नु भयो । उहाले संबिधान कार्यन्वयनमा देखिएका कमजोरी सच्याएर आधुनिक नेपाल निर्माणका लागि लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गरौ भन्ने आग्रह गर्नु भयो ।

अर्का बिशेष अतिथि एनआरएनए बेल्जियमका उपाध्यक्ष कासी दनैले एनआरएनएले गर्ने सामाजिक काममा बैचारिक संगठनहरुले राजनितीक फाईदा नहेरी सहयोग गरिदिन अनुरोध गर्दै बेल्जियमका नेपालीहरुको हक अधिकार र सम्ब्रिद्धिका लागि सबै संघ संस्था मिलेर काम गरौ भन्नु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी एबम प्रबासी नेपाली मंच युरोपका सचिब शालिक थपलियाले नेपालको राष्ट्रिय अस्तित्व बलियो बनाउन र जनबादी ब्यबस्थाको स्थापना गरेर जनताका लागि काम गर्ने पार्टी नेकपा एमाले हो भन्दै बेल्जियममा पनि यहाँको समाजको एकताका लागि सबै संघ संस्थालाई एकजुट बनाउन प्रबासी मंच तयार छ भन्नु भयो । थपलियाले राजनीति जनहितका लागि गर्नु पर्छ भन्ने कुरामा आफ्नो संगठन प्रतिबद्ध रहेको छ भन्दै जनजातिबाट सुबाश नेम्बाङलाई सभामुख, महिला राष्ट्रपतीको रुपमा बिद्या भण्डारी र बेल्जियमको संगठनमा पनि महिलाहरुलाई अध्यक्ष र सचिबको जिम्मेवारि दिएर समाबेसि र समानुपातिक प्रणालिको कार्यान्वयन् गरेको स्मरण गराउनु भयो ।

प्रबासी नेपाली मंच बेल्जियमका अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र कुमारी गुरुङ (ईशा) ले बेल्जियमको नेपाली संघ संस्थाहरुको मेलमिलाप र नेपाली समाजको एकताका लागि शुभकामना कार्यक्रम आयोजना गरेको बताउनु भयो । खादामाला , मान सम्मानको पद्धती भन्दा फरक बिसुद्ध आत्मियता बढाउने र सहकार्य गरेर नेपाली समुदायका लागि काम गर्ने बातावरण बनाउन आजको कार्यक्रमले सहयोग गर्नेछ भन्दै उपस्थित अतिथिहरु र सदस्यहरुलाई धन्यबाद दिनु भयो ।

कार्यक्रमको संचालन संगठनका सचिब रुद्र लम्सालले गर्नु भएको थियो ।

सच्याईएको- कार्यक्रममा इन्टरन्यासनल कमिटिका सदस्य बालेन्द्र गुरुंग अतिथिको रुपमा उपस्थित रहनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.