अन्तरराष्ट्रिय बाग्लुङ सेवा समाजका संरक्षक शर्मा दम्पतीलाई युएईमा स्वागत तथा सम्मान

0

अन्तरास्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्मा र उहाँकि धर्मपत्नी जमुना गौतम शर्मालाई बागलुङ सेवा समाज युएईले समान गरेकोछ । जनवरी २०२४ आइतबारको दिन बरदुबई स्थित कंचनजंघा रेस्टुरेन्टमा एक समारोहको आयोजना गरि शर्मा दम्पतिलाई स्वागत तथा सम्मान गरेको हो ।
बागलुङ सेवा समाज युएईका अध्यक्ष चुडामणि शर्माको सभापतित्वमा भएको कार्यक्रम समाजका महासचिव खुमराज पौडेलको संचालन भएको थियो जसको प्रमुख अतिथि बागलुङ सेवा समाज युएईका संरक्षक रत्न बहादुर बिक र विशिष्ट अतिथि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्मा र उहाकि धर्मपत्नी जमुना गौतम शर्मा हुनुहुन्थ्यो ।

अतिथिमा बागलुङ सेवा समाज युएईका उपाध्यक्ष शिब पाठक, समाजका सदस्य हरि सुनार , बागलुङकै महेश पौडेल, पर्बतका कमल सुनार, र दिपेन्द्र रहनु भएको थियो ।
बागलुङ सेवा समाज युएईका अध्यक्ष चुडामणि शर्माले विश्वमा छरिएर रहेका बाग्लुङ्गेहरुलाई एउटै मालामा बुन्ने उदेस्यकाका साथ गठन भएको अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज जस्तो गरिमामय सस्थाको संरक्षक व्यक्तित्वलाई आफ्नो कर्मभुमि युएईमा स्वागत गर्न पाउनु एउटा अवसर हो भन्दै जुन देशमा रहे पनि हामि बाग्लुङ्गेहरु बागलुङ सेवा समाजको माध्यमबाट सामाजिक काममा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सस्थाका संरक्षक रत्न बहादुर बिकले पनि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संरक्षक तथा सफल व्यवसायी शर्माको युएई भ्रमणले उहाँहरुबाट धेरै कुरा सिक्ने अबसर मिलेको र समाज सेवामा अग्रसर हुने प्रेरणा मिलेकोमा खुशी व्यक्त गर्दै आगामि दिनमा समाजले सम्पुर्ण देशमा रहेका बागलुङ सेवा समाजलाई सकृय बानएर सामाजिक काम गर्न हौसला दिलाउनु पर्नेमा जोड दिनु भयो ।
संस्थाका उपाध्यक्ष शिब पाठकले बागलुङेहरुकै अबिभाबक अन्तरास्ट्रिय बागलुङ सेवा समाजका संरक्षक र सफल व्यावसायि शर्मालाई युएईमा स्वागत गर्न पाउनु समाजका लागि सुखद अबसर हो भन्दै उहाले गरेका समाजिक कार्यबाट थप उत्प्रेरित भएको बताउनु भयो ।
बेल्जियमबाट आउनु भएका अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्माले अन्य संघ सस्थाहरु सँग भेट्न नपाए पनि आफ्नो भ्रमणलाई छोटाएर भएपनि बागलुङ सेवा समाज युएईका सदस्यहरु सँग भेट्न् पाउदा खुशी लागेको बताउनु भयो । आइतबार युएईका प्रमुख पर्यटकिय स्थानको अवलोकन गर्दा आनन्दित भएको र यो अबसरको लागि बागलुङ सेवा समाज युएई र संरक्षक रत्न बहादुर बिकलाई धन्यबाद प्रकट गर्नु भएको थियो।

साथै युएईमा नेपालीहरुले संचालन गरेका बरदुबई स्थित सयौं ब्यवसायहरु देख्दा नेपालमा नै रहेको महसुस भएको बताउदै, हामि सबैले आफ्नो कामको बाबजुद दिनमा ५ वा दश मिनेट मात्र बागलुङ सेवा समाजलाई सम्झिएर सामाजिक काम गर्न सकिन्छ भन्नु भयो । आफुले बागलुङ र बागलुङबासि पीडितहरुको उद्दार लगायत बिभिन्न सामजिक काममा गरेको उदाहरण दिनुहुँदै शर्माले संभब भएसम्म आफ्नो कमाइबाट बचाएर उद्धम र ब्यबसाय गर्न कोशिश गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै उहाँकि धर्मपत्नी जमुना गौतम शर्माले बेल्जियममा रहेका बिभिन्न संघ सस्थामा आबद्ध हुदै गर्दा बागलुङ सेवा समाज मार्फत सामाजिक काम गर्दै जिल्लाबासिहरु सँग सहयोग र सहकार्य गरिरहेको बताउनु भयो । युएईमा आफुहरुको यो सम्मान र स्वागत अबिष्मरणीय हुने बताउनु भयो।

सो औपचारिक कार्यक्रमको समापन पश्चात बागलुंग सेवा समाज य़ूएईका अध्यक्ष चुडामणि शर्माद्वारा उपस्थित पाहुना र अतिथिहरुलाई डिनरको ब्यवस्थापन गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.