एकीकृत समाजवादीको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि

0

काठमाडौँ \ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ ।

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्नेछन् ।  काठमाडौँमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.