एमाओवादीका ३० केन्द्रीय सदस्य पार्टी निर्णयविरुद्ध

0

काठमाडौँ, २३ असोज । एकीकृत नेकपा (माओवादी)का ३० जना केन्द्रीय सदस्यले नेकपा (एमाले) लाई प्रधानमन्त्री चयनको निर्वाचनमा नि सर्त समर्थन गर्ने आफ्नो पार्टीको निर्णय प्रति विमति जनाउनुभएको छ । आज एक विज्ञप्ति प्रकाशित गरी उहाँहरुले ठोस र भरपर्दा आधार विना एमाले नेतृत्वमा बहुमतीय सरकारलाई समर्थन गर्ने पार्टीको निर्णयले देशमा विद्यमान समस्या झन गहिरिएर जाने उल्लेख गर्नुभएको छ ।
विमति राख्नेहरुमा देवेन्द्र पौडेल, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्र पासवान, खिमलाल देवकोटा, कुमार पौडेल,लिलाबहादुर थापा, वलावती शर्मा, देवी खड्का, खगराज भट्ट, कृष्ण शर्मा, चिनक कुर्मी, सुशील श्रपाइली , सोनामसिंह स्याङतान र राजेन्द्र किराती हुनुहुन्छ ।
यसैगरी रामचन्द्र झा, हिसीला यमी, प्रभु साह, रारिझन यादव , रामकुमार शर्मा, वामदेव क्षेत्री, देवेन्द्र पराजुली, कल्पना धमला, लीला भण्डारी, कर्णध्वज केसी, हेमराज भण्डारी, घनश्याम यादव र उपेन्द्रप्रसाद साह हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.