बालिका बलात्कारीलाई सात वर्ष जेल

0

इलाम, २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ (३) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्ष कैदको फैसला गरेको हो । लिम्बूलाई जबर्जस्ती करणी ऐनअन्तर्गतको १० नम्बरबमोजिम पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउन आदेशसमेत दिएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । लिम्बूले गत साउन २८ गते बेलुका ती बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.