सत्य निरुपण विधेयक परिमार्जन गर्छाैं : प्रधानमन्त्री

0

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) मा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताउनुभयो ।

मङ्गलबार सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री प्रचण्डसँग संसदमा विचाराधीन टिआरसी विधेयकमा आफूहरूले कुनै बाधा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव मागहरू सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक नबन्ने स्पष्ट गरेका हुन् ।

भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रीता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री प्रचण्डलाई जति अरू नेताहरूलाई बोध नहुने भन्दै प्रधानमन्त्रीकै कार्यकालमा द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.