प्रदेशका सबै जिल्लामा सार्वजनिक प्रदर्शन स्थल बनाइने

0

हेटौंडा \  बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आइतबार हेटौँडामा बसेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले १० वटा निर्णय पारित गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार भौतिक संरचनाको संरचनागत सुधारको खर्च अख्तियार प्रदान गर्ने निर्णय गर्दै प्रदेशका १३ वटै जिल्लामा नागरिकहरुको प्रदर्शन स्थल निर्माणको लागि २६ लाख रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको बताउनुभयो । प्रदेश सरकारले लोकतन्त्रलाई थप सुदृढ बनाउने उद्धेश्यले नागरिकहरुको विरोध गर्ने अधिकारलाई व्यवस्थित गर्न प्रदर्शन स्थल निर्माण गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रहरी इकाइ तथा सुरक्षा सामग्री खरिद र प्रदेश प्रहरी अस्पताल निर्माण लगायतका कार्यका लागि गृह मन्त्रालय र अर्थ मन्त्रालयको सहमतीमा आवश्यक बजेट विनियोजन गर्नेगरी सम्बन्धित प्रहरी ईकाइहरुलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले जनचेतनामुलक सूचना तथा सन्देश सामग्री निर्माण, प्रशारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धन सहयोग कार्यक्रम संचालन कार्यविधि २०८०, द्वन्द पीडितका लागि सवलिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले भन्नुभयो बैठकले प्रदेशसभा सदस्य गिता गुरुङको हेयरिङ मेसिन खरिद सम्बन्धी प्रस्ताव स्वीकृत समेत गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्य जन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०, स्वास्थ्य मन्त्रालय अन्तर्गतको दुर्गम क्षत्रे विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा संचालन सम्बन्धी कार्यविधि २०८०, विगत ६ वर्षदेखि संचालनमा रहेको एक विद्यालय एक नर्स कार्यक्रम संचालन कार्यविधि २०७८ को दोस्रो संशोधन स्वीकृत गरेको छ भने गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसैगरी समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा तथा शर्त सम्बन्धि व्यवस्था सम्बन्धी निर्णय गरिएको छ । समितिमा प्रशान्त अधिकारी अध्यक्ष रहने गरी यज्ञनाथ दाहाल र यतीराज सापकोटा सदस्य मनोनयन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.