संघीयता कार्यान्वयनमा सकारात्मक सुरुवात: मुख्यमन्त्री जम्कट्टेल

0

हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समाजको प्रतिविम्व हुने व्यवस्थालाई स्थापना गर्न सक्नुनै अहिलेको अवस्थामा धेरै गौरवको कुरा रहेको बताउनु भएको छ । हेटौँडामा बिहीबार भएको तहगत अधिकारको कार्यविस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री जम्कट्टेलले तीनै तहको तहगत अधिकार सूचीहरू र त्यसको विषयमा थुप्रै भिन्न मतहरु भएपनि जनताको चाहनामा यति ठुलो परिवर्तन हुनुनै संघीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएकोे बताएका छन् ।

संघीयता कार्यान्वयनको विषयमा तीनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको बताउँदै उहाँले विश्वमा संघीयता कार्यान्वयन गरेका मुलुकहरुको मोडल आफ्नै प्रकृतिको रहेको र नेपालले पनि आफ्नै भुगोलमा विशिष्ट प्रकारको संघीयताको मोडल अपनाएको बताए ।

नेपालमा संघीयता कार्यान्वयनमा खासै समस्या नरहेको बताउदै उहाँले संघीयता कार्यान्वयनमा त्यति समस्या नभएकाले संघीयता कार्यान्वयनको सुरुवात राम्रो देखिएको बताए । अधिकार नभएर काम नै गर्न नसक्ने अवस्था नबनेकाले संविधान कार्यान्वयन विषयमा भएका छलफलहरु सकारात्मक भएको र संघीय सरकार पनि सकारात्मक रहेको उहाँले बताउनु भयो ।

केही तहगत अघिकार आउन सकेको छैन भन्दै मुख्यमन्त्री जम्कट्टेलले छिट्टै नै संस्थागत रुपमा आउँनेमा आशावादी रहेको बताएका छन् ।  अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय भएको छ प्रक्रियागत रुपमा अधिकार प्राप्त हुन्छ हामी ढुक्क छौ,मुख्यमन्त्रीले भने ।

पन्चायतकालमा नागरिकहरुमा विकास र चेतना समेत नरहेकोे दावी गर्नुहुदै उहाँले  राजतन्त्र कायम रहदा शिक्षा स्वास्थ्य तथा विकासमा जनताहरुलाई चेतना नै नहुने र त्यस्ता विषय माग गर्न समेत नसक्ने अवस्थामा नागरिकहरु रहनु परेको बताए । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे लगाएतले कार्यक्रममा सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.