देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

आज मङ्गलवार ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक सांस्कृति नै नेपालीको पहिचान र गौरव रहेको बताउनुभयो । सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो । विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक सांस्कृति नै नेपालीको पहिचान र गौरव हो । यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो । नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि हाम्रा अमूल्य निधि हुन् । यसै कुरालाई मनन गरी नेपाल सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्री प्रचण्डले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.