युरोपको चाहना, घलेको निरन्तरता ,दिल गुरुङ केन्द्रिय सल्लाहकार एनआरएनए

0

चारदिशा, बेल्जियम,

गैर आबासिय नेपाली संघका केन्द्रिय सल्लाहकार एबम नेपाली काङ्रेसको प्रबासी फोरुम जनसंपर्क समिती युरोपका सम्योजक दिल गुरुङले एन आर एनएको नेपालमा सम्पन्न हुन गैरहेको महाधिबेशनमा युरोपका ८० प्रतिशत भन्दा बढी सहभागिहरुले बर्तमान नेत्रित्वको निरन्तरता चाहेको बताएका छन ।

आगामी नेत्रित्वका बारेमा चारदिशाको जिज्ञाशामा सल्लाहकार गुरुङले देशले एन आर एनहरु बाट भुकम्पको महाबिपत्तिको बेला भएको सहयोगको हृदय देखि प्रसम्सा गरेको र अब पुनरनिर्माणको अभियानमा पनि संसारभरी छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनीहरुबाट ठुलो आशा गरेकोले त्यसको कार्यन्वयनको लागि एन आर एनको नेत्रित्व सर्बसम्मत हुनु पर्ने आवश्यकता रहेको छ भनेका छन ।
एन आर एनको स्थापनाकाल देखिनै केन्द्रिय तहमा रहेर संगठनलाई सहयोग गरेका गुरुङले आफु नेपाली काङ्रेशको नेता भए पनि एनआरएनए को सामाजिक र परोपकारी छबिलाई स्वच्छ राख्न सधैं इमानदार भएर काम गरेको र राजनितिलाई अलग राखेर एन आर एनको अभियानमा लागेको पनि खुलाशा गरेका छन ।
केन्द्रिय नेत्रित्वमा कसलाई सहयोग गर्नु हुन्छ भन्ने प्रश्नमा गुरुङ आफ्नो सहयोग संसारभरिका एनआर एनएनहरुले जसलाई चाहन्छन उसैलाई हुने बताउछन , अझ प्रस्टहुन आग्रह गर्दा उनले देश पुनरनिर्माणको लागि प्रतिक्षारत रहेकोले यस सन्क्रमण कालिन अवस्थामा नेत्रित्वको लागि होडबाजी गरेको कसैले पनि मन नपराउने र जायज पनि नभएकोले सबै मिलेर अगाडि बढ्नुको बिकल्प नरहेकोले बर्तमान अध्यक्ष शेस घलेकै नेत्रित्वमा जानु संगठनका लागि हितकर हुनेछ ।

घलेले संगठनकोलागी बिगत २ बर्षमा निकै मेहनेत गरेकोले संगठनको छबी उचाइमा पुगेको सबैले देखेको भोगेकोले अर्को एक कार्यकाल उनको नेत्रित्वमा जादा देशलाई प्राकृतिक बिपत्तिको पिडाबाट छुटकारा दिन सहज हुने र पुनर्निर्माणको हाम्रो अभियान सफल हुनेछ । हाम्रो आफ्नै भबन निर्माण लगायतका योजनाहरु कार्यन्वयनको लागि पनि घलेको नेत्रित्व आबस्यक रहेको छ ।

अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका अन्य पर्तिशपर्धि पनि योग्य छैनन र भन्ने प्रश्नमा गुरुङ उहiहरु दुबै जना यस अभियानका निरन्तर सहयात्री भएको र एक जना उपाध्यक्ष पराजित भएकोले सोही पदमा दाबी गर्दा राम्रो हुने र अर्का बर्तमान उपाध्यक्षले पनि अझै प्रतिक्षा गरेर आफ्नो क्षमता बढाएर संगठनको लागि काम गरे राम्रो हुनेछ ।
हामीले हाम्रा सदस्य र हाम्रा शुभचिन्तकहरुको भाबना बुझ्न सकेनौ भने संगठनलाई ठुलो क्षती हुने भएकोले सबैको चाहनाको कदर गर्दै आगामी नेत्रित्व सर्ब सम्मत हुने कुराको ग्यारेन्टि रहेको पनि गुरुङको दाबी छ ।

Leave A Reply

Your email address will not be published.